काठमाडौं । आजको दैनिक पत्रपत्रिकाले एलईडी खरिद प्रकरण; भारतभन्दा आधै सस्तो, मौन अवधिको पालना गर्न आयोगको आग्रह साथै वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर, स्थानीय तह संख्या बढाउन समिति गठन लगायत शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेका छन् ।
आज अन्नपूर्ण पोष्ट दैनिकले एलईडी खरिद प्रकरण; भारतभन्दा आधै सस्तो, पहिलो चरण चुनाव भोलि; बदर मत बढ्ने खतरा शीर्षकको समाचारलाई पहिलो पृष्ठमा महत्वका साथ प्रकाशित गरेको छ ।
यसैगरी नयाँ पत्रिका दैनिकले वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर, राजधानी दैनिकले राष्ट्रपति भण्डारी बैंकक प्रस्थान स्थानीय तह संख्या बढाउन समिति गठन लगायत शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेका छन् ।
यस्तै गोरखापत्र दैनिकले ओबीओआरमा नेपाल साझेदार, मौन अवधिको पालना गर्न आयोगको आग्रह साथै कान्तिपुर दैनिकले मतदान भोलि; के के गर्न पाइँदैन ? शीर्षकमा समाचारलाई पहिलो पृष्ठमा प्राथमिकता दिई छापेका छन् ।