पत्रपत्रिकाको पहिलो पृष्ठ : प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा, देउवाद्वारा प्रचण्डको उच्च प्रशंसा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा घोषणा गरेको विषयलाई आजको दैनिक पत्रपत्रिकाले प्रमुखताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेका छन् ।

आजको गोरखापत्र दैनिकले प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा, देउवाद्वारा प्रचण्डको उच्च प्रशंसा लगायतका समाचारलाई आफ्नो पहिलो पृष्ठ समाचार बनाएको छ ।

Gorkhapatra

यसैगरी आजको अन्नपूर्ण पोष्ट दैनिकले निर्वाचन सार्न दाहालको आग्रह, सगरमाथामा दलाई लामाको तस्बिर लगायतका समाचारलाई अग्रपृष्ठमा स्थान दिएको छ ।

Annapurna

कान्तिपुर दैनिकले पहिले रोमाञ्चकता, अहिले परिपक्वता शीर्षकमा प्रधानमन्त्रीको राजीनामालाई जोडेर पहिलो पानामा समाचार प्रकाशित गरेको छ ।

Kantipur

यसैगरी राजधानी दैनिकले प्रधानमन्त्री दाहालद्वारा राजीनामा, गठबन्धन सरकारको गृहकार्य सुरु लगायतको समाचार पहिलो पानामा प्रमुखता दिई प्रकाशित गरेको छ ।

Rajdhani

त्यस्तै नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री प्रचण्डको सम्मानजनक बहिर्गमन लगायतको समाचार पहिलो पानामा प्रमुखता दिई प्रकाशित गरेको छ ।

Nayapatrika

यसैगरी नागरिक दैनिकले प्रधानमन्त्रीद्वारा राजीनामा, निर्वाचन मिति सार्न दाहालको प्रस्ताव शीर्षकको समाचारलाई प्रथम पृष्ठमा प्रमुखता दिई छापेको छ ।

Nagarik

तपाइको मत