१ भदौं ०७५, राजविराज । प्रेस युनियन सप्तरीले प्रेस काउसिन्ल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गिकरण र प्रेस सम्वन्धि ऐन कानुन परिवर्तनको माग गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहीबार युनियनका संयोजक शम्भुलाल देव तथा प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झाको अगुवाईमा युनियनसँग आवद्ध पत्रकारहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत सञ्चार मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा प्रेस काउन्सिल नेपालले २४ साउनमा सार्वजनिक गरेको पत्रपत्रिका वर्गिकरण नतिजामा राजनितिक आग्रह, ब्यक्तिगत पुर्वाग्रह र कृपावाद हावी भएको उल्लेख गर्दै सो नतिजा खारेज गरी पुनरावलोकन गर्न माग गरिएको छ ।
गर्दै प्रेस युनियन सप्तरीले विहिवार प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चार तथा सुचना प्रविधि मन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ ।
यस्तै, सरकारले एक भदौ १ देखि ल्याउन लागेको प्रेस सम्वन्धि ऐन कानुन स्वतन्त्र पत्रकारीता माथि अंकुश लगाउने खालको भएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग गरिएको छ ।
नेपाल प्रेस युनियनले उक्त मागहरु तत्काल सम्वोधन नगरे चरणवद्ध आन्दोलनमा उत्रिने ज्ञापन पत्र मार्फत चेतावनी समेत दिईएको छ । ज्ञापन पत्र वुझ्दै प्रजिअ पौडेलले तत्काल सञ्चार तथा सुचना प्रविधि मन्त्रालय पठाईने जानकारी दिए ।