पनिका बल्खुद्वारा स्नातक तह पहिलो वर्षको परीक्षा-केन्द्र सार्वजनिक

८ भदौ, काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ १२ गतेबाट सञ्चालन हुने ३ र ४ बर्षे स्नातक तह पहिलो वर्षको परीक्षा-केन्द्र सार्वजनिक गरेको छ ।

बुधबार सूचना प्रकाशित गरी परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ १२ गते बिहान ७ बजेदेखि १० बजेसम्म व्यवस्थापन र विज्ञान संकायको परीक्षा सञ्चालन हुने जनाएको छ ।

यसैगरी मानविकी र शिक्षा संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने बताएको छ ।

तपाइको मत