२४ असोज ०८०, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद इजरायलमा रहेका नेपालीहरूलाई लिन आफैं इजरायल गएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो ।
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएसँगै त्यहाँ रहेका नेपालीलाई लिन परराष्ट्र मन्त्री बिहान त्यसतर्फ लागेका हुन् ।
हमासको आक्रमणमा परेर अहिलेसम्म ४ जना नेपाली घाइते भएका छन् भने एकजना अझै सम्पर्कविहीन रहेको छ ।
नेपाली दूतावासका अनुसार करिब ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।