परराष्ट्रमन्त्री महतले भारतीय विदेशमन्त्री लगायतसँग भेटवार्ता गर्दै

२७ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशरण महतले आज दिउँसो साढे १२ बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री महतले आजै भारतका अर्थमन्त्री अरुण जेट्ली, जलस्रोतमन्त्री उमा भारती, सडक तथा यातयातमन्त्री तिनि गडकरी, उर्जामन्त्री पियूष गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आइतबार साँझ नेपाल-भारत समबन्धबारे आयोजित कार्यक्रमलाई समबोधन गरेका मन्त्री महत मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

तपाइको मत