परिवर्तित गाउँपालिका तथा नगरपालिकामा प्राविधिकरुपमा निर्वाचन गराउन असम्भव – निर्वाचन आयोग

११ जेठ ०७४, काठमाडौं । निर्वाचन आयोगले परिवर्तित गाउँपालिका तथा नगरपालिकामा प्राविधिकरुपमा निर्वाचन गराउन असम्भव रहेको बताएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद बैठकको निर्णयअनुसार दोस्रो चरणको निर्वाचनका लागि परिवर्तित गाउँपालिका तथा नगरपालिकामा संख्या थप, हेरफेर र स्तरोन्नती गरी निर्वाचन गर्न गराउन प्राविधिकरुपमा असम्भव भएको बताएको हो ।

आयोगले ४६१ स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘२०७४ जेठ ३१ गते दोस्रो चरणमा सम्पन्न गर्ने गरी नेपाल राजपत्रमा प्रकाशित निर्वाचन कार्याक्रम अनुसार निर्वाचन हुन बाँकी ४६१ स्थानीय तहमा उपरोक्त मितिमा निर्वाचन सम्पन्न गराउने वातावरण मिलाउन आयोग नेपाल सरकारसँग पुनः आग्रह गर्दछ ।’

परिर्वतन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतका विस्तृत विवरण अझैसम्म नपाएको भन्दै आयोगले यो प्राप्त भएपछि त्यस अनुसार मतदाता नामावली र स्थानीय तहको केन्द्रमा पुर्‍याउन सम्भव नभएको स्पष्ट पारेको छ ।

11jesthaPressReleasefirst

तपाइको मत