२१ असार ०७५, पर्वत । सडक माथिबाट आएको पहिरोका कारण पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ ।
पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले सडक पुरिँदा गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।
ट्राफिक प्रहरीका निमित्त प्रमुख काशीनाथ चौधरीका अनुसार डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भए पनि वर्षा नरोकिएकाले तत्काल खुल्ने सम्भावना नरहेको जानकारी दिए ।