पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

२८ असार ०७६, काठमाडौं । भोजपुरमा अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पौने १० बजेतिर रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा घरमाथिबाट खसेको पहिरोले कुमार राईको घर पुरिँदा घरमा बसिरहेका उनको श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो गएका बेला कुमार राई भने घरमा नभएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय नागरिकले शव निकाल्न नसकेपछि एक्स्काभेटरको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत