पहिलो फायरमा वडा सचिव गायव, दोस्रो राउण्डमा तामेलदार !

२० असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतमा हाजिर हुन म्याद तामेली गर्ने प्रयास दोस्रो दिन पनि सफल हुन सकेन् ।

shambhu

वेब तस्बिर : तामेलदार शम्भु खत्री बुधबार कार्की निवास गेटमा ।

सर्वोच्च अदालतका कर्मचारी तामेलदार शम्भु खत्री बुधबार म्याद तामेलीका लागि बानेश्वरको रोहिणीमार्गस्थित कार्की निवासमा पुगेपछि सम्बन्धित वडा सचिवले मुचुल्का उठाउनु पर्ने हुन्छ । तर, वडा नम्बर १० की सचिव सरिता राई अदालतका कर्मचारीको सम्पर्कमै आइनन् ।

तर, दोस्रो दिन बिहीबार सर्वोच्च अदालतको पत्र बोकेका तामेलदार शम्भु खत्री बिहान सवा १० बजे सम्पर्कमा आए पनि उनी आफैँ सम्पर्कविहीन भएपछि म्याद तामेली गर्ने प्रयास असफल भएको छ । तामेलदार खत्री १ डेढ घन्टा सम्पर्कमा रहेको तर आउँछु आउँछु भन्दै नआएर फोन स्वीच अफ गरेर साँझ ५ बजेसम्म पनि सम्पर्कमा आएनन् ।

तामेलदार नै सम्पर्कविहीन भएपछि अन्यौल देखिएको छ । यदि घर नभेटिएको भए सञ्चारमाध्यममा सूचना जारी गर्न सकिन्थ्यो । कार्कीको नियुक्तिविरुद्ध रिट हाल्ने अधिवक्ता ओमप्रकाश अर्यालले बताएअनुसार अहिले तामलेदार नै सम्पर्कविहीन भएकाले विभागीय कारबाही गरेर अर्को तामेलदार खटाउने वा अहिलेकै तामेलदारले सूचना टाँस्ने विकल्प रहेका छन् ।

बिहीबार आयोग प्रमुख कार्कीका कानुन व्यवसायीले राज्यको संवैधानिक अंगमा बस्नुभएको व्यक्तिलाई कार्यालयमा पनि सूचना बुझाउन सक्ने अवस्था रहेको बताए । यद्यपि, उनले प्रमुख आयुक्तज्यू लुकेको होइन भन्दै दसैंपछि सर्वोच्चको सम्पर्कमा आउने बताएका छन् ।

आयोग प्रमुख कार्की सर्वोच्च अदालतको औपचारिक सूचना छल्न विदेश भ्रमणमा छन् । उनले सूचना छल्न खोजेपछि सर्वोच्चले कार्कीको घरमा बुधबार १५ दिने सूचना टाँस गर्न तामेलदार खत्रीसहितको टोली खटाएको थियो ।

तपाइको मत