२८ असार ०७८, काठमाडौं । पाँच दलीय गठबन्धन (नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (नेपाल–खनाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चा)को बैठक सुरुभएको छ ।
सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि भर्खर मात्रै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालय कोटेश्वरमा विपक्षी गठबन्धन बैठक सुरु भएको हो ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र)बाट पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्र राय यादवका र जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल बैठकमा सहभागी रहेका छन् ।
२८ असार ०७८, काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (नेपाल–खनाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।