पार्टीभित्र गुट घोषित रुपमा नै चलाऔं – प्रचण्ड

चुनावमा माओवादी केन्द्र पराजय हुनुको कारण पार्टी नै जिम्मेवार

२ साउन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालयको विस्तारित वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा माओवादी केन्द्र पराजय हुनुको कारण पार्टी नै जिम्मेवार रहेको बताएका छन् ।

वैठकमा सहभागी एक जिल्ला इन्चार्जका अनुसार अध्यक्ष प्रचण्डले बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र रहेका सवै गुट विघटन गर्न आग्रह गरेका छन् । साथै, उनले विघटन नगर्ने हो भने घोषित रुपमा नै गुट चलाउन चेतावनी दिएका छन् ।

‘आजबाट पार्टीभित्र रहेका सवै गुट विघटन गरौँ’ प्रचण्डको भनाई उदृत गर्दै ती जिल्ला इन्चार्जले भने, ‘होइन भने घोषित रुपमा चलाऔँ ।’

बैठकमा अध्यक्ष प्रचण्डले माओवादीको पहलमा नै देशमा परिवर्तन गर्ने काम भएको तर पार्टीले गरेको काम संस्थागत गर्न नसकिएको भन्दै त्यसको असर चुनावमा देखिएको बताए ।

प्रचण्डले चुनावमा माओवादीले हार्नुको कारण जनतामा होइन, पार्टीभित्र खोज्नु पर्ने बताए । उनले भने, ‘यो हारको कारण जनतामा होइन, पार्टीभित्र खोज्नुपर्छ ।’

तपाइको मत