पार्टीले सबैलाई मान्य हुनेगरी राष्ट्रपति उम्मेदवार उठाउँछ – लेखराज भट्ट

४ फागुन ०७९, धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले एमालेले सबैलाई मान्य हुनेगरी राष्ट्रपति उम्मेदवार उठाउने बताएका छन् ।

बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार एमालेले सबैलाई मान्य हुने राष्ट्रपति उम्मेदवार उठाउने बताएका हुन् ।

‘पार्टीले सबैलाई मान्य हुनेगरी राष्ट्रपति उम्मेदवार उठाउँछ,’ सचिव भट्टले भने, ‘गठबन्धन कायम रहन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने दाबी गरे ।