पाल्पाको जइसुनमा जिप दुर्घटना १ महिलाको मृत्यु

९ माघ, पाल्पा । पाल्पाको गोठादी–७ जइसुन भन्ने स्थानमा जिप दुर्घटना हुँदा ३३ वर्षीया तिलकुमारी बाह्रघरेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

बुटवलबाट रहबासतर्फ जाँदै गरेको जिप सडकदेखि करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा १२ जना घाइते भएको साथै घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत