१८ जेठ ०७५, काठमाडौं । पाल्पाको रम्भामा यात्रुबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शुक्रबार बिहान करिव ९ बजे पाल्पाको तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु १ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तानसेन-४ का विष्णुमान बज्राचार्य, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानसेन नगरपालिका-६ का सुशीलप्रसाद श्रेष्ठ, सचिन बज्राचार्य, तानपा- ४ कृष्णबहादुर बोहोरा, दुर्गाबहादुर सारु, तानपा–२ लोकनाथ ढकाल, तानपा–३ का देवेन्द्रलाल प्रधान, तानपा–३ कमला कार्की, वसन्ती खाँण, तानपा-६ गीता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए ।
घाइते मध्ये १० जनाको मिशन अस्पताल तानसेन र एक जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मिसनमा घाइते मध्ये पहिचान खुलेका प्रफुल्ला शर्मा, बिमला रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मंगल, मिना खाम्चा, मुना सारु र अर्जुन थापाको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनबाट सहकारीको भ्रमण अबलोकनका लागि जाँदै गरेको रिजर्भ बस दुर्घटनामा परेको हो ।