पीडितको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

७ चैत ०७८, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदका घटना पीडितको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै जातीय विभेद तथा छुवाछूत सम्बन्धी घटना न्यूनीकरणका लागि कानुनी सचेतना अभिवृद्धि गर्न तथा सर्वोच्च अदालतका आदेश र आयोगका सिफारिसहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिन आयोग नेपाल सरकारलाई आग्रह गरेको हो ।