पुनः निर्माण महाअभियान रानीपोखरीबाट सुरु । आउदा चाहिँ ढिला, जान चाहिँ हतार ? – राष्ट्रपति

Rani-Pokhari copy

२ माघ, काठमाडौं ।
वि.सं १९९० माघ २ गते भूकम्प गएको दिन पारेर राष्ट्रिय पुनः निर्माण प्राधिकरणको कार्ययोजना अनुरुप औपचारिक रुपमा भूकम्प सुरक्षा दिवसको अवसर पारेर शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण महाअभियान बेलुन उडाएर शुभारम्भ गरिन् ।

उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा रानीपोखरी परिसरको पुनर्निर्माण लागि शिलान्यास कार्यक्रम पनि राखिएको थियो ।

शिलान्यास हिन्दु परम्परा अनुसार वैदिक विधिबाट गरिँदै थियो । कार्यक्रममा सहभागी ब्राम्हण मन्त्र पढेर राष्ट्रपति भण्डारीलाई पूजाआजा गराउँदै गर्दा प्रधानमन्त्री केपी ओलीले घडी हेरेर हतारिएको भावमा बिचैमा भने, ‘अलि चाँडो गरौं न ।’

यसै बिचमा राष्ट्रपति भण्डारीले ‘आउदा चाहिँ ढिला, अहिले जान चाहिँ हतार ?’ भनेर जवाफ फर्काउँदा कार्यक्रममा सहभागीलाई असजिलो महसुस भइरहेको देखिन्थ्यो ।

तपाइको मत