पुरानै भाडादरमा यात्रुले दशैँमा घर जान पाउने, मंगलबारदेखि बसको टिकट बुकिङ खुला

२५ भदौ ०७४, काठमाडौं । यातायात व्यवसायीहरुले मंगलबारदेखि दशैँका लागि बसको टिकट बुकिङ गर्ने भएका छन् ।

सरकार र व्यवसायीहरु बीच भएको सहमतिअनुसार  यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।

सहमतिअनुसार सवारी साधनले बसका छतमा यात्रु राख्न पाइने छैन । छतमा यात्रु राखेको पाइएमा बसको इजाजतसम्म खारेज हुन सक्ने बताइएको छ ।

यात्रुले पुरानै भाडादरमा दशैँमा घर जान पाउने

व्यवसायीले भाडदर वृद्धि गर्न दवाब दिए पनि यो पटक पुरानै भाडादरमा यात्रुले दशैँमा घर जान पाउनेछन् ।

व्यवसायीसँगको बैठकमा  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने बताएपछि यात्रु पुरानै भाडादरमा घर जान पाउने भएका हुन् ।

बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए ।

सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको सदस्यतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गर्दै कसैले बढी भाडा मागेमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

काठमाडौंबाट कति भाडादरमा कहाँ पुगिन्छ ? (सूचीसहित)

तलको लिंकमा क्लीक गर्नुहोस् ।

काठमाडौंबाट कहाँ जान कति भाडादर

 

तपाइको मत