१६ भदौ ०८०, रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्खाहरुले साम्राज्यवाद र उपनिवेशवादसँग लडेर देशको स्वाभिमान गुम्न नदिएको बताएका छन् ।
शनिबार रुपन्देहीमा आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा छिमेकीले चिन्ता गर्नु नपर्ने भन्दै यस्तो बताएका हुन् ।
नेपालको स्वाधीनता दिवश नरहेको बताउँदै उनले भने, “हाम्रा पुर्खाहरुले साम्राज्यवादसँग, उपनिवेशवादसँग लडेर यस देशको स्वाभिमान गुम्न नदिएर, पराधीन हुन नदिएर स्वतन्त्र राखेकामा नेपालीहरुले गर्व गर्नुपर्छ ।”
नेपालको कुनैपनि छिमेकीले उनीहरुकोे देशलाई सम्मान गरेजस्तै नेपालीले पनि आफ्नो देशलाई सम्मान गर्ने साथै राष्ट्रिय स्वाभिमानमा झन् बढी गौरव गर्ने बताए ।
चीनले हालै आफ्नो देशको नक्सा सार्वजनिक गर्दा नेपालको चुच्चे नक्सा हटाएपछि ओलीले यस्तो प्रतिक्रिया जनाएका हुन् ।