३ पुस ०७५, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ ।
९३ वर्षीय पूर्वप्रधानमन्त्री गिरीको निधिको मंगलबार बिहान बुढानिलकण्ठस्थित निवासमा निधन भएको हो ।
कलेजोको क्यान्सरका साथै हड्डी तथा मुटुको समस्याबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका, केही दिन अघि मात्र ‘डिस्चार्ज’ भएर घर गएको श्रीमती सराहा योन्जन गिरीले बताइन् ।
गिरी पञ्चायत अघि नेपाली कांग्रेसको सरकारमा हुँदा मन्त्री हुनका साथै कांग्रेसको महामन्त्री समेत भएका थिए । भने, ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन थालेपछि उनी मन्त्रिपरिषदको उपाध्यक्ष बनेर समेत काम गरेका थिए ।













