पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा

१३ चैत ०७५, काठमाडौं । भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्री बद्री न्यौपाने ५ लाख धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वमन्त्री न्यौपानेलाई रिहा गरेको हो ।

न्यौपानेविरुद्ध भृकुटीमण्डपस्थित फनपार्ककको जग्गा भाडामा दिने बेला राज्यलाई साढे ३१ करोड घाटा पु¥याएको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २१ गते मुद्दा दायर गरेको थियो ।

तपाइको मत