२७ चैत ०७५, काठमाडौं । पूर्वसभासद दिवाकर गोल्छाको निधन भएको छ । नेपालको व्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक दिवाकर गोल्छाको मंगलबार राति भारतको चेन्याइमा निधन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहेका गोल्छाको दुई हप्ताअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । दुई छोरा बुबा रहेका ६७ वर्षीय गोल्छा पहिलो संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए ।
गोल्छा अर्गनाइजेशनले हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता लगायतका थुप्रै उद्योगहरू चलाएको छ ।
गोल्छाको पार्थिव शरीर बिहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।