पृथ्वीनारायण शाह राष्ट्रनायक : ओली

img_20170111_160743

गृह मन्त्रालयलाई प्रादेशिक र स्थानीयस्तरमा  दिने विदा बारे सुझाव दिन मन्त्रिपरिषदको निर्देशन

२७ पुस, काठमाडौं । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले गृह मन्त्रालयलाई प्रादेशिक र स्थानीयस्तरमा  दिने विदा बारे सुझाव दिन भनेको छ ।

राप्रपाका मन्त्रीहरुले पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग पटक पटक उठाएकाेे पनि सरकारले कुनै निर्णय गरेन् ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले गृह मन्त्रालयलाई सुझाव दिन एक महिना समय दिएको  बताए ।

त्यस्तै बैठकले निजामति कर्मचारीको उमेरहद ६० बर्ष बनाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

पृथ्वीनारायण शाह राष्ट्रनायक : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताएका छन् । साथै, आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन चाहे पनि माओवादीका कारण सम्भव नभएको बताए ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा पुगेका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको तर, सत्तारुढ दलहरुबीच सहमति हुन नसकेको बताए ।

माओवादीतर्फ लक्षित गर्दै ओलीले भने, ‘अहिले त्यही दल सरकारको नेतृत्वमा छ ।’

तपाइको मत