२० माघ ०७५, काठमाडौं । सरकारले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
नयाँ सूची अनुसार पेट्रल, डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ मूल्य बृद्धि भएसँगै डिजेल र मट्टितेलको भाउ प्रतिलिटर रू.९७ र पेट्रेलको मूल्य रू.११० भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो भए पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन् । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूल्य समायोजन गर्दा नाफा बढाउँदै लगेको छ ।
निगमका प्रवक्ता विरेन्द्र गोइतकाअनुसार अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी रहेको छ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य नाफा उच्च राखेर मूल्य बढाएपछि उपभोक्तालाई महंगीको थप भार पर्ने भएको छ ।