२३ चैत्र ०७७, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले नेपाल c निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बृद्धि गरेपछि नेकपा (एमाले)को नेपाल–खनाल समूहनिकट अनेरास्ववियुले सोमबार विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनपछि अनेरास्ववियुले निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएको भन्दै अनेरास्ववियुले मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।
तर, निगमका कार्यकारी निर्देशक पौडेलले ज्ञापनपत्र बुझ्दै प्रत्येक पन्ध्रपन्ध्र दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुरुप मूल्य वृद्धि गरिएको बताएका छन् ।
निगमले पेट्रोल र डिजल÷मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएपछि पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ पुगेको छ । यसअघि गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।