पेट्रोलियम पदार्थ लोड–अनलोड गर्ने अत्याधुनिक प्रविधि जडान

१९ पुस ०७७, काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउँदै अत्याधुनिक प्रविधि जडान गरेर लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले अत्याधुनिक प्रविधि जडान गरेर लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेका हुन् ।

निगमका कार्याकारी निर्देशक सुरेन्द्र पौडेलले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाइप लाइन जडान, भल्भ, पम्प जडान साथै ट्याङ्कर लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको बताए ।

निर्देशक पाण्डेले यसअघि ८ घण्टामा करिब चार लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेको तीनवटा पम्पबाट प्रविधि जडानसँगै करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने जानकारी दिँदै दुई करोड ५० लाख रुपैयाँ लागतमा उक्त प्रविधि जडान गरिएको पनि बताए ।