२४ भदौ ०७६, काठमाडौं । नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदरावाद हाउसबाट रिमोटमार्फत् एकै समयमा बटन थिचेर पाइपलाइन उद्घाट्न गरेका हुन् ।
पहिलो चरणमा पाइपलाइन मार्फत डिजेल आपूर्ति गरिएको छ । पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोल समेत सोही पाइप मार्फत ढुवानी गरिने इन्डियन आयल निगम र नेपाल आयल निगमले बताएको छ ।
पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने नेपाल आयल निगमले जनाएको छ ।













