पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जनालाई पक्राउ

४ साउन ०७५, काठमाडौं । काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो  उनीहरु तीनकुनेको एवान रेस्टुरेन्टबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा काठमाडौंका रोनी श्रेष्ठ, भक्तपुरका सुरेश श्रेष्ठ, रामेछापका सुजन थापा मगर, खोटाङका भुपेन राई, काभ्रेका राजु भण्डारी, भोजपुरका सुमित राई, र सोलुखुम्बुका मिङ्मा शेर्पा हुन् ।

उनीहरुको थप अनुसन्धान भइरहेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

तपाइको मत