पैदल हिडिरहेकी आमा छोरीलाई बसले ठक्कर दिँदा आमाको मृत्यु, छोरी घाइते

१४ मंसिर ०७५, राजविराज । सप्तरीमा छोरी बोकेर पैदल हिडिरहेकी प्रमिला पासवानका आमा छोरीलाई म्याजिक बसले ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने बालिका घाइते भएकी छिन् ।

राजविरा रुपनी सडकखण्ड अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका १ मा राजबिराजबाट रुपनीतर्फ गइरहेको ना.१ ज ८१०३ नम्बरको म्याजिक बसले ठक्कर दिँदा पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवानको बिहीबार राति मृत्यु भएको हो भने १४ महिनाकी छोरी पार्वती पासवान घाइते भएकी छिन् ।

ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । उनकी साथमा रहेकी १४ महिनाकी छोरी पार्वती कुमारीको निधारमा चोट लागेर घाइते भएकी छिन् ।

शव राजविराजस्थित अञ्चल अस्पतालमा शुक्रबार पोष्टमार्टम गरी दाह संस्कारका लागि उनका श्रीमान राजेन्द्र पासवानको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

म्याजिक बसका साथै चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुपनीले शुक्रबार आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

 

तपाइको मत