११ साउन ०७५, चितवन । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस इच्छाकामना गाउँपालिकामा ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा ७ जना यात्रुको मृत्यु भएको छ भने २० जना भन्दा बढी घाइते भएका छन् ।
चितवन प्रहरीले जानकारी दिएको जानकारीअनुसार शुक्रबार मध्यान्ह १२ बजे ना ६ख २५०६ नम्बरको बस ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर त्रिशुली नदी किनारमा खस्दा एक बालकसहित चारजना पुरूष र दुई महिलाको मृत्यु भएको हो ।
मृत्यु हुने मध्ये तनहुँ भानु नगरपालिका–५ का २७ वर्षीय सुनिल श्रेष्ठ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र काठमाडौंका ३० वर्षीय रविन गुरुङको सनाखत भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ट्रकसँग ठोक्किएपछि बस करिब १ सय मिटर तल त्रिशुली नदी किनारमा पुगेको थियो ।
चितवन प्रहरी भन्छ, ‘दुर्घटनामा परेर घाइते भएका २३ जनालाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ ।’