२४ माघ ०८१, कास्की । बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरा आइपुगेका छन् ।
पोखरामा राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफीलाई मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्वागत गरेका थिए ।
राजकुमार एडवार्डले शुक्रबार बेलायती सेनामा नयाँ भर्ती भएका नेपाली युवालाई पोखराको ब्रिटिस क्याम्पमा पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।
शुक्रबार नै उनी लुम्लेमा हाइकिङ गर्ने, घान्द्रुक घुमेर चन्द्रकोटमा बास बस्ने कार्यक्रम छ ।