पोखरा विश्वविद्यालयमा लागेको ताला खोलियो

८ माघ ०७५, कास्की । पुस २३ गतेदेखि पोखरा विश्वविद्यालयमा लागेको ताला खोलिएको छ ।

स्वतन्त्र विद्यार्थीको युनियनको पदाधिकारीको कार्यावधिको विषयमा उत्पन्न विवादमा विवाद समाधानका निम्ति समिति गठन गर्ने र समितिले बुझाएको प्रतिवेदनअनुसार अगाडि बढ्ने सहमतिमा ताला खुलेको हो ।

२३ गतेदेखि नेपाल विद्यार्थी संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयहरुमा ताला लगाएको थियो । विश्वविद्यालयको ताला खुलेसँगै सोमबारदेखि अनसन थालेका स्ववियु सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले आमरण अनसन तोडेका छन् ।

नेपाल विद्यार्थी संघले आफैंले हस्ताक्षर गरेको नियम बिपरीत स्ववियु पदाधिकारीको पदावधि थप्न लागिएको भन्दै विश्वविद्यालयका सबै भिसी, रजिस्टार, ४ वटै डिनका कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको थिए ।

तपाइको मत