२१ मंसिर ०७९, काठमाडौं । स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कतारमा जारी खेलमा युवा फरवार्ड गोन्सालो रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
कप्तानको जिम्मेवारी लिएका डिफेण्डर पेपेले ३२औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रतालाई दोब्बर पारे ।
पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफको ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३–० बनाए ।
यस्तै ५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४–० पु¥याए ।
५८औं मिनेटमा स्वीट्जरल्याण्डका मानुएल अकान्जीले गोल फर्काउँदै गोल अन्तर घटाएका थिए । तर, ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै रामोसले ह्याट्रिक पूरा गरे ।