२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले महिला संघको महाधिवेशनमा अध्यक्षको उम्मेदवारमा मिना पाण्डेलाई अघि सारेको छ ।
मंगलबार राजधानीमा आयोजित घोषणा सभामा अध्यक्षको उम्मेदवारमा मिना पाण्डेलाई घोषणा गरिएको हो । अरु उम्मेदवारहरु भने पछि घोषणा गरिने मिना पाण्डे समूहले जनाएको छ ।
अध्यक्ष, महामन्त्री र कोषाध्यक्ष निर्वाचनबाट चुनिने महिला संघको महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र सिटौला समूहले उम्मेदवार टुङ्गो लगाएको छैन् ।
नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला संघ महाधिवेशनको अन्तिम तयारीमा छ । लामोसमयपछि हुन लागेको महाधिवेशनमा केन्द्रीय नेतृत्वका आकांक्षीहरु महाधिवेशन प्रतिनिधिहरुसँग भेटघाटमा व्यस्त छन् ।