१० कार्तिक ०७६, काठमाडौं । प्रहरीले आइतबार बिहान करिब २ बजेतिर जुवाखालमा छापा मार्दा करिब पौने तीन करोड रुपैयाँ नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीले बिहान करिब २ बजेतिर छापा मार्दा दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, चार–बुक ताससहित जुवाडेहरू पक्राउ परेका हुन् ।
असामान्य उक्त जुवाखालबाट ठूला व्यापारिक घराना साथै प्रतिष्ठित भनिएका व्यक्तिहरू रङ्गेहात पक्राउ परेका छन् ।
पक्राउ परेका २५ जना जुवाडेहरूको नामावली :
१. विक्रम गौतम, काठमाडौं महानगरपालिका वडा नं. ३ (जुवा खेलाउने घरधनी)
२. बुद्ध लामा, काठमाडौं महानगरपालिका वडा नं. २
३. सुमन अग्रवाल, काठमाडौं महानगरपालिका वडा नं. ६
४. पवन अग्रवाल, काठमाडौं महानगरपालिका वडा नं. ९
५. मुक्ति लामा, काठमाडौं महानगरपालिका वडा नं. १५
६. रञ्जन राजबंशी, काठमाडौं महानगरपालिका १५
७. अशोक श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. २६
८. राम तामाङ्ग, काठमाडौं महानगरपालिका वडा नं. २९
९. श्यामप्रसाद पराजुली, काठमाडौं महानगरपालिका वडा नं. ३५
१०. कृष्ण भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं. ६, काठमाडौं ।
११. सिताराम खड्का, बुढानीलकण्ठ नगरपालिका वडा नं. ११, काठमाडौं ।
१२. प्रदीप बोगटी, पनौती नगरपालिका वडा नं. ५, काभ्रे ।
१३. नवाङ्ग लामा, तिमाल गाउँपालिका वडा नं. ६, काभ्रे ।
१४. धावा लामा, नमोबुद्ध नगरपालिका वडा नं. ९, काभ्रे ।
१५. बले भन्ने बलराम सापकोटा, रोशी गाउँपालिका वडा नं. ४, काभ्रे ।
१६. रोशन तामाङ्ग, नमोबुद्ध नगरपालिका वडा नं. ११, काभ्रे ।
१७. शम्भु शेर्पा, बाह्रबिसे नगरपालिका वडा नं. ४, सिन्धुपाल्चोक ।
१८ प्रेम थापा मगर, गोदावरी, ललितपुर ।
१९. सोहेल कार्की, पुल्चोक, ललितपुर ।
२०. राम कृष्ण के.सी., भीमेश्वर नगरपालिका वडा नं. ५, दोलखा ।
२१. ईन्द्र श्रेष्ठ, भीमेश्वर नगरपालिका वडा नं. ५, दोलखा ।
२२. सुमन गुरुङ्ग, पाप्ले वडा नं. ३, ओखलढुङ्गा ।
२३. सोभित सिलवाल, चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ३, रौतहट ।
२४. पवित्रकुमार कार्की, बाम्तिभण्डार, रामेछाप ।
२५. शम्भु बुढाथोकी, निजगढ नगरपालिका वडा नं. ९, बारा ।
महानगरीय प्रहरी बृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालले पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान भइरहेको जानकारी दिए ।














