प्रचण्डले आफ्ना मन्त्रीहरुलाई सिंहदरबारमा किन बोलाए ?

३ जेठ, काठमाडौं । एनेकपा माओवादीले आफ्नो पार्टीसम्बद्ध मन्त्रीहरुलाई विशेष छलफल गर्न भन्दै सिंहदरबारमा छलफलका लागि बोलाएको छ ।

प्रमुख सचेतक हितराज पाण्डेका अनुसार एमाओवादीले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा आफ्ना मन्त्रीहरुसँग सोमबार छलफल गरेको हो ।

छलफलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्टीको योजना तथा वित्त आयोगका सदस्य सहभागी थिए ।

संविधान जारी भएपछिको पहिलो आर्थिक वर्षको बजेट भएका कारण मन्त्रालयको तयारी  बुझ्न मन्त्रीहरुसहितको छलफल गरेको सचेतक पाण्डले बताए ।

तपाइको मत