२७ असोज ०८०, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई थप बलियो बनाउन सहमति भएको छ ।
कोशी प्रदेशमा सरकार गठनमा देखिएको समस्या हल गर्न आज बिहान तीन नेता बीच भएको छलफलले प्रदेश र केन्द्रमा सत्ता गठबन्धनलाई सुदृढ बनाउने सहमति भएको हो ।
तीन नेताले हस्ताक्षर गरेको सहमति पत्रमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको बर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता जनाएका छन् ।