प्रचण्ड नेतृत्वको सरकारमा ससुरा र ज्वाईंले एकसाथ लिए सपथ

Mantri 1

१० भदौ, काठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी रहेका ससुरा अर्जुननरसिंह केसी र ज्वाई गगन थापा दुबै जनाले कांगेस महाधिवेशनमा महासचिवको पद गुमाउनु परे पनि प्रचण्ड नेतृत्वको सरकारमा एकसाथ मन्त्रीको सपथ लिएका छन् ।

काँग्रेसको महाधिवेशनमा अर्जुननरसिंह केसी सभापति देउवा समूहबाट र गगन थापा भने कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीका रुपमा चुनाव लडेका थिए । तर, महामन्त्रीमा संस्थपन पक्षका शशाङ्क कोइराला विजयी भएका थिए ।

संयोगवश यी ससुरा र ज्वाई प्रचण्ड नेतृत्वको सरकारमा एकसाथ मन्त्री बनेका छन् भने नेपाली कांग्रेसबाट छानिएका १३ मन्त्रीहरुले शुक्रबार बिहान पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

तपाइको मत