प्रचण्ड प्रधानमन्त्री बन्ने र माओवादीको खेदो खन्ने कनकमणिको जग्गा सरकारको नाममा ल्याउने निर्णय एकै दिन

१९ साउन, काठमाडौं । माओवादीका तीव्र आलोचक कनकमणि दीक्षितको १८ रोपनी भन्दा बढी जग्गा सरकारको नाममा ल्याउने दिन र माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दिन एउटै परेको छ ।

P-K

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका पत्रकार कनकमणि दीक्षितको ललितपुरको जग्गा सरकारले लिने निर्णय गरेको छ । अख्तियारको निर्देशनमा जिल्ला भूमिसुधार कार्यालय ललितपुरले कनकमणि परिवारको हदबन्दीभन्दा बढी भएको १८ रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

अख्तियारको निर्देशनमा भूमिसुधार कार्यालय कार्यालयले एक साताअघि कनकमणि दीक्षित, कमलमणि दीक्षित र कुन्दनमणि दीक्षितका नाममा सात दिने म्याद जारी गरेको थियो । दीक्षित परिवारले प्रमाण नजुटाएपछि जग्गा सरकारले लिने निर्णय गरेको हो ।

भुमिसुधार कार्यालयको वुधबारको बैठकले दीक्षित परिवारको नाममा रहेको हदबन्दीभन्दा बढी जग्गाको स्वामित्व सरकारले लिने निर्णय गरेको हो ।

ललितपुर उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको १८ रोपनी ३ आना जग्गा सरकारका नाउँमा ल्याउने निर्णय गरिएको ललितपुर भूमिसुधार कार्यालयका सूचना अधिकृत रत्नमान उदासले जानकारी दिए ।

तपाइको मत