१० साउन ०७४, काठमाडौं । नेपालमा स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको सङ्ख्या ६० प्रतिशत पुगेको छ । यो प्रतिशत अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने सङ्ख्यामा नेपाल दक्षिण एसियामा अग्रस्थानमा पुग्न सफल भएको छ ।
सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले प्राथमिता दिएसँगै प्रजनन स्वास्थ्य क्षेत्रमा नेपाल दक्षिण एसियामा अग्रस्थानमा पुग्न सफल भएको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव प्रा.डा. किरण रेग्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको सङ्ख्या ६० प्रतिशत पुगेको छ ।
मन्त्रालयले प्रजनन स्वास्थ्य सेवासित सम्बन्धित सबै सेवालाई निःशुल्क गरेको छ । यसै सेवासित सम्बन्धित आङ खस्ने, पाठेघरलगायतका सेवा पनि निःशुल्क नै हुने गरेको छ ।