६ साउन ०८१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।
आइतबार २६३ जना उपस्थित प्रतिनिधिसभामा ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका थिए । यस्तै विपक्षमा ७४ मत परेको थियो भने एक मत तटस्थ रहेको थियो ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मत दिए भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले उनको विपक्षमा मत दिएका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ बसेका थिए ।