प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा हुने

१६ भदौ ०७४, काठमाडौं । निर्वाचन आयोगले मंसिर महिनामा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन दुई चरणमा गर्न जिल्ला विभाजन गरेको छ ।

मुख्य निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले बिहीबार यस्तो निर्णय गरेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन पहिलो चरण अन्तर्गत मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन हुने बिहीबार निर्वाचन आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।

मंसिर २१ मा तराई र पहाड गरी ४५ जिल्लामा निर्वाचन हुनेछ ।

भूगोललाई ध्यानमा राखेर निर्वाचन गर्ने जिल्लाहरु छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन निर्वाचन कहाँ कहिले ?

 

तपाइको मत