प्रतिपक्षद्वारा संसद अवरोध

२७ जेठ ०७६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

सोमबारको बैठक सुरु भए लगतै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा सरकारी पक्षबाट भएको दमनको बिरोध गर्दै उक्त घटनाबारे सरकारसँग जवाफ माग गर्दै संसद बैठकमा अवरोध गरेको हुन् ।

बैठकमा बोल्दै सचेतक खाँणले संविधान विपरित गुठी विधेयक किन ल्याएको र शान्तिपूर्ण दमनमा किन हस्तक्षेप गरेको भन्ने प्रश्नको जवाफ गृहमन्त्री रामबहादुर थापाले संसदमा दिनुपर्ने माग राखेका थिए ।

गुठीलाई समाप्त गर्ने उद्देश्यले विधेयक ल्याएको भन्दै कांग्रेसले शान्तिपूर्ण भेला हुने, विरोध जनाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाउँदै उनले गुठी विधेयकबाट पुरातन धर्म संस्कृतिमाथि नै प्रहार भएकोे बताए ।

लगतै भूमिसुधारमन्त्री पद्मा अर्यालले विधेयकबारे जवाफ दिएकी थिइन् । उनले मौलिक परम्परा र धर्म संस्कृतिमाथि असर नपर्ने गरी विधेयक आएको र यसबारे भोलिका दिनमा संसदमा छलफल हुने बताइन् ।

तर, प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ आउनुपर्ने भन्दै कांग्रेस सांसदहरुले अवरोध गरेका थिए । सभामुखले गृहमन्त्री सदनमा नभएको भन्दै समय मागेका थिए तर, प्रमुख विपक्षीले अवरोध जारी राखेपछि संसद् बैठक स्थगित भएको थिए ।

तपाइको मत