२६ असार ०७९, जनकपुरधाम । मधेश प्रदेश सभामा प्रतिपक्षी दलको बहिस्कारका बीच बसेको प्रदेशसभा बैठकले दुई विधेयक पारित गरेको छ ।
प्रदेश सभा बैठकले शनिबार विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को बहिष्कारबीच आर्थिक विनियोजन विधेयक र प्रदेश सभा सचिवालय कार्य संचालन सम्बन्धी विधेयक पारित गरेको हो ।
जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेककै दिन बैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए ।