२४ असार ०७४, काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा माओवादी केन्द्रले जम्मा ७ स्थानीय तहको प्रमुख मात्र जितेको छ । तर, ६ जिल्लामा उसले स्थानीय तहको प्रमुख जित्न नसके पनि केहीमा उपप्रमुख जितेको छ ।
स्थानीय तहको प्रमुख पदमा माओवादीविहीन भएका जिल्लामा सुनसरी, झापा, इलाम, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र सोलखुम्बु छन् ।
मोरङ, पाँचथर, भोजपुर, उपयपुर, खोटाङ, ओखलढुंगामा एक एक स्थानीय तह जितेको माओवादीले सोखुलुम्बुमा भने तीन स्थानीय तहको नेतृत्व जितेको छ ।
प्रदेश नम्बर १ मा राप्रपा र फोरम लोकतान्त्रिकले ३-३ स्थानीय तह जित्दा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठवन्धनले दुई स्थानीय तहमा चित्त बुझाएका छन् ।