२५ भदौ ०७४, बर्दिवास । नेकपा एमालेका नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेस विरोधी अभिव्यक्तिले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको दाबी गरिरहेका बेला नेता नेपालले एमालेलाई निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका हुन् ।
महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन र जन्मिएको छैन ।’
आफू नै मधेसको असली धर्तीपुत्र भएको बताउँदै उनले प्रदेश नम्बर २ को चुनावमा पनि एमाले पहिलो हुने दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टी कुनैपनि हालतमा मधेस विरोधी होइन, हेर्दै जनुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टीे बन्छ ।’