९ भदौ ०७४, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर महिनामा हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावलीमा नाम लेखाएका तर यही भदौ ५ गतेभित्र १८ वर्ष उमेर पुगेकाहरुले मात्र भोट हाल्न पाउने जनाएको छ ।
बिहीबार बसेको आयोगको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्नका लागि सरकारले निर्वाचन घोषणा गरेको मिति भदौ ५ गतेभित्र मतदाताको उमेर १८ वर्ष पुगेको हुनुपर्ने निर्णय गरेको हो ।
‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको हो’ निर्वाचन आयोगले भनेको छ ।
सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० गते एकैदिन एकै चरणमा गराउने निर्णय गरेको छ ।