प्रदेश २ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

२८ जेठ ०७५, रौतहट । प्रदेश २ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकले सरकारको आर्थिक वर्ष २०७५ /०७६ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । नीति तथा कार्यक्रममाथि २१ जनाले धारणा राखेका थिए ।

सबै प्रदेश सांसदहरुले पक्षमा मतदान गरेपछि सर्वसम्मतले नीति तथा कार्यक्रम र दुईवटा विधेयक पारित भएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश २ का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी बनेको विधेयक २०७५ सर्वसम्मतले पारित गरेको हो ।

तपाइको मत