१६ कार्तिक ०७५, काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका हुन् ।
मुख्यमन्त्री पौडलका स्वकीय सचिव अनुप पौडेलकले भने– ‘संविधानले दिएको अधिकार अनुसार मुख्यमन्त्रीले मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको छ । ‘तत्काललाई स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्नुहुनेछ ।’
बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको र मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो ।