प्रदेश ४ को राजधानी पोखरा र  नाम गण्डकी रहने पक्का

२१ जेठ ०७५, काठमाडौं । प्रदेश ४ को राजधानी पोखरा र  नाम गण्डकी प्रदेशको पक्षमा बहुमत देखिएको छ ।

सोमबारको संसद बैठकमा नामको टुंगो लगाउन समस्या देखिएपछि प्रदेश राजधानी तथा नामांकन समितिको प्रतिवेदन अनुसार प्रादेशिक राजधानी पोखरा र नाम गण्डकी प्रदेशको पक्षमा बहुमत देखिएको हो ।

प्रादेशिक राजधानी निर्विकल्प पोखरा राख्न समितिले सिफारिस गरेको छ । सुझाव लिएका ९०५ जना अर्थात ९३ प्रतिशतले राजधानी पोखरा भनेका छन् भने ३ प्रतिशतले गोरखा र बाँकीले अन्य ठाउँ बनाउन सुझाव दिए ।

समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले संसदमा ११ जिल्ला र दलगत हिसाबले आएको सुझाव अनुसार प्रादेशिक राजधानी पोखरा राख्न सुझाव आएको प्रतिवेदन पेश गरेका छन् ।

समितिले सोमबारको बैठकमा प्रतिवेदन पेश गरेपछि अब अर्को बैठकको दुईतिहाई बहुमतले नामको टुंगो लगाउने छ । समितिको प्रतिवेदनअनुसार प्रदेशको नाम गण्डकी हुने पक्काजस्तै भएको छ ।

चैत १२ गते गठित प्रदेश राजधानी तथा नाकांकम सिफारिस समिति गठन भएको थियो । समितिले जिल्लागत सुझाव तथा छलफल र ११ पटक बैठक बसेर प्रतिवेदन पेश गरेको हो ।

तपाइको मत